Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

घरेलु टिम भारतले इङ्ग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा सहज जित

घरेलु टिम भारतले इङ्ग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा सहज जित

एजेन्सी

१४, फाल्गुण २०७७
घरेलु टिम भारतले इङ्ग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा सहज जित
images

घरेलु टिम भारतले इङ्ग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा सहज जित निकालेको छ ।अहमदाबादमा टेस्टको दोस्रो दिन बिहीबार भारतले इंग्ल्यान्डलाई १० विकेटले हराएको हो । 
जितसँगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियममा इङ्ग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षतिमा पुरा ग¥यो । भारतका लागि दोस्रो इनिङ्स रोहित शर्माले अविजित रहदै २५ रन बनाउनुभयो । 
यस्तै शुबमन गिलले अविजित १५ रन जोड्नुभयो । यस अघि दोस्रो इनिङ्समा इङ्ग्ल्यान्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रन बनाउनुभयो । भारतका अक्षर पटेलले ५ तथा रविचन्द्र आश्विनले ४ विकेट लिनुभयो । त्यसअघि भारत पहिलो इनिङ्समा १ सय ४५ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि रोहित शर्माले ६६ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । इङ्ग्ल्यान्ड पहिलो इनिङ्समा १ सय १२ रन जोड्दा अलआउट भएको थियो ।
 

images
images

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - ०९:०२:२१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology