Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

पाथीभरा देवी दर्शन केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

पाथीभरा देवी दर्शन केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

images

इच्छाकामना न्युज

१५, बैशाख २०८२
पाथीभरा देवी दर्शन केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान
images

काठमाडौँ । पाथीभरा देवी दर्शन केबलकार कम्पनीले ताप्लेजुङस्थित पाथीभरामा निर्माणाधीन केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।

गत साता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारसँग सबन्धित स्थानीयका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघ/संस्थाले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकामा कम्पनीले त्यसलाई सकारात्मक रुपमा लिएको कम्पनीले जनाएको छ ।

सधैं स्थानीयका माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको र स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवर्द्धन गर्न कम्पनीको सहयोग रहने कम्पनीकाे प्रतिबद्धता छ । परियोजना निर्माणका लागि आवश्यक सरकारी मापदण्डअनुसार वातावणीय प्रभाव मूल्यांकनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरेर परियोजना निर्माणका क्रममा रहेको कम्पनीले सोमबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्पराबमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालासँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी गराएको छ ।

images
प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - २३:०१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology