Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मुग्लिनमा खाद्य सुरक्षा र खाद्यजन्य रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण

मुग्लिनमा खाद्य सुरक्षा र खाद्यजन्य रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण

images

इच्छाकामना न्युज

१०, बैशाख २०८२
मुग्लिनमा खाद्य सुरक्षा र खाद्यजन्य रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण
images

मुग्लिन । बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालय,हेटौँडाको आयोजनामा खाद्य, सरसफाइ, खाद्य सुरक्षा र खाद्यजन्य रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण (खाद्य गुणस्तर निगरानी) कार्यक्रम मुग्लिनमा सम्पन्न भएको छ । बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, हेटौँडाका जनस्वास्थ्य प्रशासक सञ्जु रायको अध्यक्षता एवं इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

इच्छाकामनामा होटल, रेस्टुरेन्ट तथा खाजा पसल सञ्चालन गर्दै आएका सरोकारवालाहरुका लागि अभिमुखीकरण गरिएको हो ।कार्यक्रममा खाद्य स्वच्छता खाद्य ऐन नियम तथा खाद्यजन्य रोगहरुको कारण रोकथाम र नियन्त्रण बारे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन चितवनका खाद्य निरीक्षण अधिकारी बन्दना पन्तले प्रस्तुती दिनुभएको थियो । बागमती प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, हेटौँडाका जनस्वास्थ्य प्रशासक सञ्जु रायले मुग्लिनमा सञ्चालनमा रहेका होटल तथा रेष्टुँराहरुको अनुगमनका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले १५ वटा होटल तथा रेष्टुँराहरुमा अनुगमन गरिएको बताउनुभयो । खाना कोठा र उपकरणको स्वच्छतता खाद्य भण्डारण, खाना ह्यान्डलिङ अभ्यास लगायतको अनुगमन गरिएको थियो । भान्सा सफा पाइएपनि हात धुने ,भाडा माझ्ने ठाउँ,र सौचालयमा भने थप सुधार गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो । साथै खाद्य बस्तुहरुको भण्डारमा सुधार गर्न आवश्यक सुझाव दिएको बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्नुभएको थियो । उहाँले अन्जानमा होटल सञ्चालकहरुबाट त्रुटीहरु हुने गरेकाले यस्ता त्रुटीहरु हुन नदिन उहाँहरुले गरेको ठिक छकी छैन भन्दिनुपर्ने आवश्यक रहेकोले अनुगमन तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । होटल संचालकहरुबाट हुने समान्य त्रुटीले सेवाग्राहीको स्वास्थ्यमा गम्भीर असर पुग्ने तथा ग्राहकहरु असन्तुष्ट हुदाँ होटल सञ्चालकको समेत व्यवसायमा असर पुग्ने उहाँको भनाई छ । कार्यक्रममा इच्छाकामनाका उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष तेज बहादुर शेरचन,होटल संघका तर्फबाट दल बहादुर बुढोथोकी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख १०, २०८२ बुधवार - १७:३२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology