Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने

इच्छाकामना न्युज

९, बैशाख २०८२
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
images
काठमाडौं,  वैशाख ९ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक अहिले केहीबेरमा बस्ने भएको हो ।

बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

images
images

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गरेर शिक्षकहरू आन्दोलनरत छन् ।

शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।

यसबिच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक-पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।

शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।

शिक्षकहरू माग पूरा नभएसम्म कक्षा १२ को परीक्षामा सहभागी नहुने अडानमा छन् ।

images
प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - ०९:२६:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology