Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाडौं आइपुगे विश्व विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

काठमाडौं आइपुगे विश्व विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस

इच्छाकामना न्युज

९, बैशाख २०८२
काठमाडौं आइपुगे विश्व विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस
images

काठमाडौं । चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्न उनी आज (मंगलबार)बिहान काठमाडौं आइपुगेका हुन् ।

images
images
एनएसएल आयोजकले ५२ वर्षीय रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनले बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।

सन १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टीमबाट खेलेका आफ्नो समयका प्रभावशाली कार्लोसले ब्राजिललाई विश्वकपको उपाधी जिताएका थिए ।

images
प्रकाशित मिति :बैशाख ९, २०८२ मंगलवार - ०९:२५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology