Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

इच्छाकामनामा पहिलो पटक बहालवाला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउदै, गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्ने

इच्छाकामनामा पहिलो पटक बहालवाला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउदै, गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्ने

इच्छाकामना न्युज

३, बैशाख २०८२
इच्छाकामनामा पहिलो पटक बहालवाला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउदै, गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्ने

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक बहालवाला प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली आउनु हुने भएको छ । इच्छाकामना गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको समुद्घाटनको लागि प्रधानमन्त्री ओली आउन लाग्नु भएका हुन् । 

images

यहि वैशाख ५ गते कुरिनटार स्थित इच्छाकामना गाउँपालिका कार्यालयको समुद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउनु हुने कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओली करिब ११ः३० बजे हेलिकप्टर मार्फत कुरिनटार आउनुभै गाउँपालिकाको भवन समुद्घाटन कार्यक्रममा सरिक हुनुहुनेछ ।

यस्तै कुरिनटारमा प्रधानमन्त्री केपी शर्मा ओली करिब ३० मिनेट बस्नु भै भरतपुरको गोन्द्राङ–पुल्चोक सडक समुद्घाटनको लागि प्रस्थान गर्नुहुनेछ ।

उक्त समुद्घाटन कार्यक्रमको प्रत्यक्ष प्रशारण इच्छाकामना न्युजले आफ्नो आधिकारिक फेसबुक पेजबाट समेत गर्नेछ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८२ बुधवार - २०:३६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology