Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नारायणगढ र एम्बेसडरलाई ओसन कपको उपाधि

नारायणगढ र एम्बेसडरलाई ओसन कपको उपाधि

इच्छाकामना न्युज

२, बैशाख २०८२
नारायणगढ र एम्बेसडरलाई ओसन कपको उपाधि
images

गोरखा – चितवनको नारायणगढ फुटबल क्लब र एम्बेसडर फुटबलले दशौं ओसन कपको पुरुष र महिलातर्फको उपाधि जितेका छन् । विजेता नारायणगढले २५ हजार रुपैयाँ र उपविजेता नव जन जागृतिले १५ हजार रुपैयाँ प्राप्त गरे ।

images
images

गोरखास्थित ओसन क्लबको कृत्रिम घाँसे मैदानमा भएको प्रतियोगिताको महिलातर्फ एम्बेसडरले हिलीफिल्डर्स गोरखा एफसीलाई २-१ ले पराजित गर्यो । विजेता टोलीको लागि अम्बिका सुनार र पुजा सुनारले १-१ गोल स्थानीय टोलीका लागि जेनिशा खत्रीले १ गोल गरिन् ।

पुरुषतर्फ नारायणगढले नव जन जागृति भेट्रान क्लबलाई ४-१ ले पराजित गर्यो । नारायणगढको जितमा रिजन घलेले ह्याट्रिक पूरा गर्दा रोमस थापाले १ गोल गरे । उपविजेताका लागि सैफुल्ला मियाले १ गोल गरे ।

विजेता नारायणगढका सज्जन कार्की उत्कृष्ट खेलाडी घोषित भए । हिलीफिल्डर्सका संगम खत्री उत्कृष्ट गोलरक्षक बने । जी एण्ड ए एकेडेमीले प्लेट उपाधि जित्यो ।

द ओसन क्लबको आयोजनामा भएको प्रतियोगिताको समापनमा गोरखा नगरपालिकाका म्यार कृष्ण रानामगर प्रमुख अतिथि थिए ।

images
प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - २३:२६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology