Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पोखरा प्ले अफमा पुग्न सफल, बुटवल लुम्बिनी एफसीमाथि २-० को सशक्त जित

पोखरा प्ले अफमा पुग्न सफल, बुटवल लुम्बिनी एफसीमाथि २-० को सशक्त जित

इच्छाकामना न्युज

२, बैशाख २०८२
पोखरा प्ले अफमा पुग्न सफल, बुटवल लुम्बिनी एफसीमाथि २-० को सशक्त जित
images

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत मंगलबार भएको निर्णायक खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीमाथि २-० को सशक्त जित निकाल्दै प्लेअफ यात्रा सुनिश्चित गरेको छ। वर्षा र दबाबबीच खेलेको यस खेलमा पोखराका युवा फवार्ड आयुष घलानले गोल र नेतृत्व दुबै भूमिका उत्कृष्ट तरिकाले निर्वाह गर्दै ‘प्लेअर अफ दि म्याच’ घोषित भए।

images
images

खेलको सुरुवाती मिनेटमै पोखराले खेलको लय आफ्नो पक्षमा ल्याएको थियो। १०औं मिनेटमा समिर तामाङको बायाँ विंगबाट आएको सटिक क्रसमा आयुष घलानले पेनाल्टी बक्स भित्रबाट हेडमार्फत गोल गर्दै पोखरालाई १-० को अग्रता दिलाए। यो आयुषको प्रतियोगितामा पहिलो गोल थियो, जुन निकै महत्त्वपूर्ण सावित भयो।

पोखराले पहिलो हाफमा थुप्रै अवसर सिर्जना गर्‍यो। नवयुग श्रेष्ठ, समिर तामाङ र स्टेफेन विनोङले गोल गर्ने प्रयास गरे तर बुटवलका किपर दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै बुटवललाई खेलमा राखिरहे। बुटवलले पनि केही काउन्टर अट्याकहरू गरेको थियो ।  मनिष डाँगी र प्रदीप लामाले आक्रमण गरे तर पोखराको रक्षापंक्तिले बलियो प्रदर्शन गर्‍यो।

दोस्रो हाफमा पोखराको आक्रमण अझ तीव्र भयो। ५८औं मिनेटमा कप्तान नवयुग श्रेष्ठको कर्नरमा  विलियमले शक्तिशाली हेडमार्फत दोस्रो गोल गरे।  

खेलको ६२औं मिनेटमा बुटवलका निराजन धामीले उत्कृष्ट मौका गुमाए, जब पोखराका किपर अघि सरेका थिए । तर बल पोष्ट बाहिर गयो। बुटवलले इन्जुरी टाइमसम्म दबाब बनाए पनि पोखराका किपर प्रिसो र रक्षापंक्तिको समन्वयले क्लिन सिट सुरक्षित गर्न सफल भयो।

यो नतिजाले पोखरालाई प्लेअफमा स्थान दिलाएको छ भने झापा एफसी यस सिजनबाट बाहिरिएको छ। अर्कोतर्फ काठमाडौं रेजर्सको प्लेअफ सम्भावना अब चितवनको अन्तिम खेलमा निर्भर छ। चितवनले अब प्लेअफ पुग्न धनगढी एफसीलाई हराउनु अनिवार्य छ। 

images
प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - २३:२५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology