Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

पत्रकार आचारसंहिता कार्यान्वयका लागि नौ बुँदे घोषणा 

पत्रकार आचारसंहिता कार्यान्वयका लागि नौ बुँदे घोषणा 

images

सिआईएन

१३, फाल्गुण २०७७
पत्रकार आचारसंहिता कार्यान्वयका लागि नौ बुँदे घोषणा 
images

काठमाण्डौ, १३ फागुन । पत्रकार आचारसंहिता तथा महिला उत्तरदायी सञ्चार निर्देशिका कार्यान्वयनका लागि ९ बुँदे घोषणापत्र जारी गरिएको छ । नेपाल प्रेस काउन्सीलको आयोजनामा काभ्रेपलाञ्चोकको बल्थलीमा भएको  पत्रकारसँगको  छलफल कार्यक्रम मार्फत घोषणापत्र जारी गरिएको हो । 
घोषणापत्रमा आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपाल प्रेस काउन्सीलले स्वअनुगमन बढाउने, आचारसंहिता र महिला उत्तरदायी निर्देशिकामा उल्लेखित प्रावधानलाई पूर्ण रुपमा पालना गर्न पत्रकारलाई सजग बनाउने, आचारसंहिता सम्बन्धी समय समयमा नमुना सर्वेक्षण गर्ने, काउन्सिलको अनुगमनबाट दोषि ठहर भएका पत्रकार तथा सञ्चारमाध्यमको नाम विना पूर्वाग्रह सार्वजनिक गर्ने लगायतका रहेका छन् । 
पत्रकारीतालाई मर्यादित बानाउन घोषणा पत्रमा उल्लेख भएका कुरा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सीआईएन सँगको कुराकानीमा नेपाल प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले बताउनुभयो । नेपाल प्रेस काउन्सिलमा चालु आर्थिक वर्षको साउन यता १ सय १९ उजुरी परेका छन् भने काउन्सिलले गरेको स्वअनुगमनमा १ सय ७४ उल्लङ्घनका घटना भएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - १९:४३:१६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology