Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै

हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै

इच्छाकामना न्युज

३०, चैत्र २०८१
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
images

३१ चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन् । खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

images
images

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित निकाल्दा १ खेल नतिजाविहीन भएको थियो । कुवेतले २ जित निकाल्दा नेपालसँग पराजित भयो ।

पहिलो खेलमा कतार तथा दोस्रो खेलमा कुवेतलाई हराएको नेपालले शनिबार हङकङसँग खेल्दै गर्दा वर्षाले खेल रोकिएपछि त्यसपछि सुरु हुन सकेन र दुवै टोलीले अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक भयो र चार टिममा शीर्षमा रह्यो । हङकङ र कतारलाई हराएको कुवेत ४ अंकसहित दोस्रो हुँदा आयोजक हङकङ भने ३ अंकमै सीमित रहेर फाइनल पुग्न सकेन ।

यसै वर्ष हुने आईसीसी टी-२० विश्वकप छनोटको तयारीका रूपमा नेपालले विभिन्न शृंखला तथा अभ्यास खेलहरू खेल्ने तय भएका छन् । यस प्रतियोगिता पनि त्यही तयारीको सुरुवाती हो ।

images
प्रकाशित मिति :चैत्र ३०, २०८१ आइतवार - १०:५७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology