तनहुँ, २९ चैत्र । व्यास नगरपालिका–३ स्थित मादीनदीमा बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका व्यास–२ गणेशमानचोक निवासी ११ बर्षीय यमन शाहीको शव फेला परेको छ ।
प्रहरीका अनुसार व्यास–१ स्थित छाब्दी र व्यास–३ डमौलीघाटको बीच भागमा पर्ने सेतीमादी नदी किनारमा शुक्रबार साँझ शाहीको शव भेटिएको हो ।
शाही बिहीबार दिउँसो साथीसंग पौडी खेल्न जाँदा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएको सूचना पाएसंगै प्रहरीले खोजतलास गरेपनि फेला पार्न सकेको थिएन् ।
शुक्रबार पोखराबाट आएका सशस्त्र प्रहरी बलको गोताखोर टोली,नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा उक्त स्थानमा फेला पारेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।