Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचिमा शीर्ष स्थानमा कायमै, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचिमा शीर्ष स्थानमा कायमै, उच्च सतर्कता अपनाउन आग्रह

इच्छाकामना न्युज

२६, चैत्र २०८१
काठमाडौँ विश्वकै प्रदूषित शहरको सूचिमा शीर्ष स्थानमा कायमै, उच्च सतर्कता अपनाउन आग्रह
images

काठमाडौँ । काठमाडौँ उपत्यका विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा आज पनि कायमै रहेको छ । बुधबार बिहान ८ः १५ बजेको मापन अनुसार काठमाडौँ विश्वकै एयर क्वालिटि इन्डेक्स (एक्यूआई)को सूचीको शीर्ष स्थानमा रहेको हो ।

images
images

आज काठमाडौँको एक्यूआई २१६ रहेको छ, जुन मंगलबारको तुलनामा केहि कम भएपनि स्वास्थ्यका हिसाबले एकदमै अस्वस्थकर हो । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । २ सय भन्दा माथि स्वास्थ्यको लागि एकदमै हानिकारक मानिन्छ । 

हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०.४ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । 

काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा चीनको वुहान तेस्रो स्थानमा रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः युगान्डाको कामपाला, भियतनामको हानोई, पाकिस्तानको लाहोर, म्यानमारको याङ्गोन, कार्गो इजिप्ट, चोङकिङ चीन र चीनको सांघाई शहर रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - ०९:२२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology