Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनमा निलगाईको आक्रमणबाट निउरो टिप्न गएकी महिलाको मृत्यु

चितवनमा निलगाईको आक्रमणबाट निउरो टिप्न गएकी महिलाको मृत्यु

images

इच्छाकामना न्युज

२४, चैत्र २०८१
चितवनमा निलगाईको आक्रमणबाट निउरो टिप्न गएकी महिलाको मृत्यु
images

चितवन । चितवनमा निउरो टिप्न गएकी महिलाको निलगाईको आक्रमणमा परेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित राप्ती दुन सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिलाको निलगाईको आक्रमणबाट मृत्यु भएको हो ।

निलगाईको आक्रमणबाट घाइते भरतपुर–२४ की ६५ वर्षीय लक्ष्मी नेपालीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नेपाली आइतबार दिउँसो २ बजेको समयमा साथीहरुसँग वनमा निउरो टिप्न गएकी थिइन् । निउरो टिप्ने क्रममा अचानक निलगाईले आक्रमण गर्दा उनको शरिरको दाहिनो कोखामा चोट लागेको थियो ।

 

images
प्रकाशित मिति :चैत्र २४, २०८१ सोमवार - १०:३२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology