चितवन, चैत २१ । चितवन जिल्लाका विभिन्न स्थानमा गरी ६११ महिलाको पाठेघरको परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालयले जिल्लाको छ स्थानमा गरेको नसर्ने रोग परीक्षण अभियानमा उनीहरुको पाठेघरको मुखको क्यान्सर तथा नसर्ने रोगको परीक्षण गरिएको हो ।
उहाँका अनुसार चारजनाको मलद्वारबाहिर निस्किएको, १८ जनामा पाठेघर तल झर्नसक्ने देखिएकाले फिजियोथेरापी सिकाइएको छ । स्वास्थ्य सेवाको प्रभावकारी पहुँच नपुगेका समुदायमा यस्तो बढी सङ्ख्यामा पाइएको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्र र पहाडी क्षेत्रमा समस्या बढी रहेको छ । रासस