आँबुखैरेनी, २० चैत्र । तनहुँको आँबुखैरेनी गाउँपालिकाले लक्षित वर्गका नागरिकहरुका लागि एक महिने नि ः शुल्क ड्राईभिङ्ग तालिम सुरु गरेको छ ।
आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालको सभापतित्व तथा गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सो तालिम सुरु गरिएको हो ।
सो तालिमको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष चुमानले आर्थिक आय–आर्जनका लागि लक्षित वर्गका नागरिकहरुलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले नि ः शुल्क ड्राईभिङ्ग तालिम संचालन गरिएको बताउनुभयो ।
ईम ड्राईभिङ्ग सेन्टर आँबुखैरेनीमा सुरु भएको एक महिने नि ः शुल्क ड्राईभिङ्ग तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, प्रशासकीय अधिकृत सातौं शर्मिला अधिकारी, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ्ग, प्रशासन सहायक पूजा श्रेष्ठ (चुमान), वडा सदस्य टंककुमारी सिंजाली, कार्यपालिका सदस्य शुसिला नेपाली, कार्यपालिका सदस्य गंगा वि.क. लगाएतको उपस्थिती रहेको थियो ।