Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल सुपर लिग फुटबलः चितवनसँग पोखरा २–० गोलअन्तरले पराजित

नेपाल सुपर लिग फुटबलः चितवनसँग पोखरा २–० गोलअन्तरले पराजित

इच्छाकामना न्युज

१७, चैत्र २०८१
नेपाल सुपर लिग फुटबलः चितवनसँग पोखरा  २–० गोलअन्तरले पराजित
images

चितवन, चैत १८ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन एफसीले जित हासिल गरेको छ ।

images
images

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चितवन पोखरा थन्डर्सलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । चितवनको जितमा नोडिर माभलोनोभ र निरज चौधरीले समान एक–एक गोल गरे ।

चितवनका माभलोनोभले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा नीरज चौधरीले गोल गरे । यस जितसँगै चितवनले ३ अङ्क जोड्यो ।जारी सिजनमा जित निकाल्ने चितवन पहिलो टिम हो । यसअघि भएका दुई खेल बराबरीमा सकिएका थिए । भोलि बुटवल लुम्बिनी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

images
प्रकाशित मिति :चैत्र १७, २०८१ सोमवार - २३:४१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology