Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी, महासचिवमा घर्तिमगर निर्वाचित

प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी, महासचिवमा घर्तिमगर निर्वाचित

images

इच्छाकामना न्युज

१७, चैत्र २०८१
प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी, महासचिवमा घर्तिमगर निर्वाचित
images

काठमाण्डौ । प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। शनिवार सम्पन्न पाँचौँ महाधिवेशनको निर्वाचनमा गिरीले अध्यक्षका अर्का उम्मेदवार दीपेन्द्र रावललाई १९१ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। गिरीले ३६६ मत प्राप्त गरेका थिए भने रावलले १७५ मत पाए। यसअघि गिरी वरिष्ठ उपाध्यक्ष र रावल उपाध्यक्ष थिए।

वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी विजयी
वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी निर्वाचित भएका छन्। उनले अर्का उम्मेदवार सुदिप बर्देवालाई २८६ मतान्तरले हराउँदै ३९७ मत प्राप्त गरे। बर्देवाले १११ मत पाए। अधिकारी यसअघि उपाध्यक्ष थिए भने बर्देवा केन्द्रीय सदस्य थिए।

पाँच उपाध्यक्ष निर्विरोध
संगठनको उपाध्यक्षमा पाँच जना निर्विरोध निर्वाचित भएका छन्। खुलातर्फ रामसिंह ठगुन्ना, लक्ष्मण खड्का र विवेक गौतम, महिलातर्फ शान्ता अधिकारी र समावेशीतर्फ दीपक श्रेष्ठ निर्विरोध चुनिए। यीमध्ये अधिकारी सचिव र श्रेष्ठ उपमहासचिव थिए भने बाँकी तीन जना यसअघि पनि उपाध्यक्ष थिए।

महासचिव पदमा मनोज घर्तीमगरले दीपेन्द्र शर्मालाई २३१ मतान्तरले पछि पार्दै ३७९ मतसहित विजयी भए। शर्माले १४८ मत प्राप्त गरे।

उपमहासचिव खुलामा ज्ञानप्रसाद पौडेलले बोमलाल गिरीलाई ९ मतान्तरले हराए। महिलातर्फ लक्ष्मी आचार्य, दलिततर्फ हरिश बिक, मधेशीतर्फ अनिल मिश्र र आदिवासी जनजातितर्फ बुद्ध लोप्चन निर्विरोध निर्वाचित भए।

सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, महिलामा अञ्जली थापा र समावेशीमा अवतार राई निर्वाचित भए। प्रदेश सचिवहरूमा प्रदेश १ बाट दीपेन्द्रकुमार राई, मधेशबाट सुनिता बराल, बागमतीबाट मीनकुमार दाहाल, गण्डकीबाट दीपक भट्टराई, लुम्बिनीबाट मानसिंह बिक, कर्णालीबाट गाणेशकञ्चन भारती र सुदूरपश्चिमबाट राजेन्द्र अवस्थी निर्विरोध चुनिए। उपत्यका प्रदेशबाट नवराज दाहाल, प्रतिष्ठानबाट केशव भुल र एसोसियटबाट नन्दलाल तिवारी पनि निर्विरोध निर्वाचित भए।

कोषाध्यक्षमा वसन्त गिरीले डा. डक्टप्रसाद धिताललाई १४८ मतान्तरले हराउँदै ३३५ मतसहित जित हासिल गरे। धितालले १८७ मत पाए।

प्रदेश र आरक्षणबाट आउने केन्द्रीय सदस्यहरू, लेखा समितिको संयोजकमा अमृतराज तिवारी र सचिवमा भीम राई, अनुशासन समितिको संयोजकमा गुनाराम घिमिरे र सचिवमा कृष्ण लेकाली निर्विरोध निर्वाचित भए। निर्वाचन समितिका संयोजक गोविन्द आचार्यका अनुसार २९ पदाधिकारीमध्ये १२ पदमा प्रतिस्पर्धा भएको थियो भने १७ जना निर्विरोध चुनिए।

प्रेस सेन्टर नेपालको इतिहासमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको हो। निर्वाचनमा गिरी नेतृत्वको टिम हेडक्वार्टर र रावल नेतृत्वको टिम जनार्दन शर्माको पक्षबाट प्रतिस्पर्धामा थिए। कुल ८२१ प्रतिनिधिमध्ये ५५१ (६७%) मत खसेको थियो।

images
प्रकाशित मिति :चैत्र १७, २०८१ सोमवार - ०७:२२:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology