Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

बन्दीपुरहिलको बिशेष अफर : ३७५ शुल्कमा दुईतर्फी यात्रा गर्न पाइने

बन्दीपुरहिलको बिशेष अफर : ३७५ शुल्कमा दुईतर्फी यात्रा गर्न पाइने

images

इच्छाकामना न्युज

६, चैत्र २०८१
बन्दीपुरहिलको बिशेष अफर : ३७५ शुल्कमा दुईतर्फी यात्रा गर्न पाइने
images

बन्दीपुर, ७ चैत्र । बन्दीपुरहिलले सर्वसाधारणका लागि केबलकार यात्रामा बिशेष अफर ल्याएको छ ।  सुपथ मूल्यमा आम नागरिकले कबलकारको यात्रा गर्न पाउन भन्ने मुख्य उद्धेश्यले उक्त अफर ल्याएको हो ।

स्थानीयस्तरमा यति ठुलो परियोजना बनेकाले एक पटक बन्दीपुर घुम्न जाऔं भन्ने परिकल्पनासहित यतिबेला घरदैलोमा अभियानमा तीब्रता दिइएको छ ।

आमनागरिकको घरदैलोमा पुगेर जानकारी दिन थालिएको हो । 
हालै सम्पन्न चौथो डुम्रे महोत्सवमा प्रवेश टिकट लिएर आउनेका लागि ३५ प्रतिशत छुट र अन्य सर्वसाधारणका लागि २५ प्रतिशत छुटको व्यवस्था गरेको हो । महोत्सव आयोजकसंग एक किसिमको सम्झौता भए अनुरुप उक्त छुट दिइएको हो ।

त्यसैगरी बन्दीपुरहिलले संचालनमा ल्याएको ड्राइभ इन होटलमा पनि १५ प्रतिशत छुटको अफर राखेको सो कम्पनीले जनाएको छ । बोर्डको निर्णय अनुसार स्थानीयस्तरका ग्राहकलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको बन्दीपुरहिलका महानिर्देशक रोमनमान श्रेष्ठले जानकारी दिनुभयो ।

कम्पनीले दिएको अफरमा आमनागरिकले सुविधा लिएर केबलकारको यात्रा गर्न र होटल सुविधाको मज्जा लिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - २१:१०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology