Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाबाट एसइई दिने परीक्षार्थीको सङ्ख्या बर्सेनी ओरालो लाग्दै

गोरखाबाट एसइई दिने परीक्षार्थीको सङ्ख्या बर्सेनी ओरालो लाग्दै

इच्छाकामना न्युज

३०, फाल्गुण २०८१
गोरखाबाट एसइई दिने परीक्षार्थीको सङ्ख्या बर्सेनी ओरालो लाग्दै
images

गोरखा, चैत १ गते । गोरखा जिल्लामा माध्यमिक शिक्षा परिषद (एसइई) परीक्षार्थीको सङ्ख्या बर्सेनी ओरालो लाग्दै गएको छ । विगत केहि वर्षदेखि एसइई दिने परीक्षार्थीको सङ्ख्या बर्सेनी ओरालो लाग्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्रमुख रमेशप्रसाद मैनालीले जानकारी दिनुभयो ।

images
images

गत शैक्षिक वर्षमा तीन हजार ६६२ जनाले एसइई दिइएकोमा यस वर्ष घटेर तीन हजार ४४१ जनाले परीक्षा दिँदै छन् । जुन गत वर्षको तुलनमा २२१ जना अर्थात ६.४४ प्रतिशतले कमी हो ।

जिल्लामा बालबच्चाको जन्मदर कमी हुनु, आर्थिक अवस्थाका कारण बिचमा पढाई छोड्नु बसाइसराई लगायतका कारणले वर्षेनी एसइई दिनेहरूको सङ्ख्या घट्दै गएको गोरखा नगरपालिका–१० स्थित रत्नराज्य माध्यमिक विद्यालय बिरेञ्चोकका प्राधानध्यापक तेजबहादुर नेपालीले बताउनुभयो ।

गत वर्षको शैक्षिक सत्रमा गोरखामा एसइई दिने विद्यार्थी साधारणतर्फ तीन हजार ५२७ जना, प्राविधिकतर्फ एक सय एक र ग्रेड वृद्धितर्फ ३४ जना परीक्षार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय एकाइ गोरखाले जनाएको छ ।

यस वर्ष तीन हजार ४४१ मध्ये ग्रेड वृद्धि परीक्षामा ९१६ जना, गत वर्ष अनुत्तीर्ण भएका ११ जनाले पनि यस वर्षको एसइई परीक्षामा सहभागी जनाउने सूचना अधिकारी दीपक सिर्मलले बताउनुभयो ।

उहाँका अनुसार प्राविधिकतर्फ ९९ जना, नियमिततर्फ ५६१ जना र खुलातर्फ ७ जना परीक्षामा सहभागी हुँदै छन् । त्यस्तैगरी, २०७९ मा चार हजार ८५० जना, २०७८ मा चार हजार ४८२ जना हुनुले पनि जिल्लामा एसइई दिने विद्यार्थीको सङ्ख्या बर्सेनी घट्दै गएको देखिन्छ । 

‘‘गोरखामा विद्यार्थी सङ्ख्या घटेसँगै शैक्षिक सत्र २०७९ देखि केन्द्र पनि घटाइएको छ,’’ सूचना अधिकारी सिर्मलले भन्नुभयो, “हटाइएको केन्द्रमध्ये गोरखा नगरपालिका – स्थित डण्डीडाँडा र शहीद लखन गाउँपालिका–७ स्थित शहीद स्मृति माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्र हटाइएको छ ।”

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८१ शुक्रवार - २२:५१:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology