Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धार्चेमा तीन विधामा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

धार्चेमा तीन विधामा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

इच्छाकामना न्युज

२७, फाल्गुण २०८१
धार्चेमा तीन विधामा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
images

गोरखा । धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा भएको ‘प्रथम अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याटमिन्टन’ प्रतियोगिताको उपाधि विधान अधिकारी र पविन लिङथेयको जोडीले जितेको छ । तीन विधामा प्रतियोगिता भएको थियो ।

images
images

राष्ट्रिय पुरुष युगल विधातर्फ त्रिभुवन आर्मी क्लबका विधान अधिकारी र पविन लिङथेयको जोडी पहिलो बनेको हो । विजताले नगद ७५ हजार पाएका छन् ।त्यस्तै तन्दुरी हाउस काठमाडौंका सुप्रिम पन्त र सुविन श्रेष्ठ दोस्रो, कन्चनपुर र दाङबाट आएका विवेक चौधरी र हिमन्सु कवर मगरको जोडी तथा धादिङ र लमजुङबाट आएका राम मल्ल ठकुरी र सुजन थापाको जोडीले तेस्रो स्थान हासिल गरे । दोस्रो र तेस्रो हुनेले क्रमश: ४५ हजार र १५/१५ हजार नगद पुरस्कार पाए ।

खुल्ला जिल्लास्तरीय विधातर्फ धादिङका भीषण श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी पहिलो बनेका छन् । धादिङकै जेनिश अमात्य र बुद्धि थापाको जोडी दोस्रो, गोरखाका मुकुल गुरुङ र छत्र थापा तथा धादिङका विष्णुलाल श्रेष्ठ र कृष्ण कुमार श्रेष्ठको जोडी तेस्रो बन्यो ।

पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: ४५ हजार, ३० हजार, ७ हजार ५ नगद पुरस्कार गरेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - २०:२९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology