Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल

बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल

इच्छाकामना न्युज

२६, फाल्गुण २०८१
बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र आर्सनल
images

काठमाडौँ । इङ्‌लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् ।

images
images

गएराती ओल्ड टाफोर्डमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

म्यानचेस्टर युनाइटेडका लागि एक गोल ब्रुनो फर्नानडेजले गरेका थिए भने आर्सनलका लागि डेक्लान राइसले गरेका थिए ।

यो बराबरीपछि आर्सनलको उपाधि दौड अझै संकटमा परेको छ । हाल लिगको दोस्रो स्थानमा रहेको आर्सनलको २८ खेलमा ५५ अंक रहेको छ र शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकले पछाडि रहेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको २८ खेलमा ३४ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - ०९:१०:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology