Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नारायणगढ-गोन्द्राङ ६ लेन सडक विस्तारमा बिजुलीको पोल बाधक बन्दै

नारायणगढ-गोन्द्राङ ६ लेन सडक विस्तारमा बिजुलीको पोल बाधक बन्दै

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
नारायणगढ-गोन्द्राङ ६ लेन सडक विस्तारमा बिजुलीको पोल बाधक बन्दै

चितवन फागुन,११।
चितवनको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारमा विद्युतका पोल सार्ने काम मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ । पोल सार्ने कामले सडक विस्तारमा ढिलाइ हुने चिन्ता थपिएको आयोजनाको भनाइ छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६।०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडक आयोजनाका इन्जिनियर शिव खनालले गोन्द्राङदेखि केन्द्रीय बस टर्मिलनसम्म सडकको दुबै क्षेत्रमा सडक सीमाको पर्खाल लगाएर माटो भर्ने काम सुरु गरिएको बताए । विभिन्न ठाउँमा कल्भर्टहरु बनाउने काम पनि धमाधम भैरहेको छ । तर, पोल सार्ने काममा ढिलाइ हुने हुँदा त्यसले समग्र कार्यप्रगतिमा नै असर गर्न सक्ने देखिएको छ । पोल सार्न आयोजनाले तयार गरेको स्टिमेट स्वीकृत हुन अझै बाँकी छ । सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । सडकको माघ २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । आयोजनाले विद्युत पोल सार्न, रुख कटान तथा खानेपानीको पाइपका लागि भन्दै ५ करोड रकम छुट्टाएको छ । बर्खाअघि गोन्द्राङदेखि बसपार्कसम्म सर्भिस लेनसमेत तयार गरेर सवारी सोही ठाउँबाट हिँडाउने र मुख्य राजमार्गको भाग भत्काएर काम थाल्ने योजनामा विद्युत पोल बाधक बन्ने अवस्था छ । टाँडीबाट भरतपुरतर्फ आउँदा दक्षिणतर्फ नाली बनाउने ठाउँमा नै अधिकांश पोल छ । रुख कटान तथा अन्य संरचनाहरु भत्काएर साइट क्लियर गराउने काम अघि बढे पनि पोलले समस्या गराउने अवस्था आएको इन्जिनियर खनालले बताए । उनले यसका लागि प्राधिकरणसँग सडक डिभिजन कार्यालय तथा ठेकेदारले समन्वय गरिरहेको बताए । उनले बसपार्कदेखि गोन्द्राङसम्म विद्युत तार भूमिगत गर्ने योजना नरहेको बताए ।

images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २०:२५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology