Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको सीतापुरमा क्होइबो धीँ निर्माण शुक्रबार उद्घाटन गरिँदै 

चितवनको सीतापुरमा क्होइबो धीँ निर्माण शुक्रबार उद्घाटन गरिँदै 

इच्छाकामना न्युज

२२, फाल्गुण २०८१
चितवनको सीतापुरमा क्होइबो धीँ निर्माण शुक्रबार उद्घाटन गरिँदै 
images

भरतपुर । प्ये छ्या क्होइबो तमू समाजले भरतपुर–२१ सीतापुर चितवनमा क्होइबो निर्माण गरेको छ । उक्त क्होइबोको शुक्रबार विधिवत रूपमा पूजापाठ गरी उद्घाटन गर्ने तयारी गरिएको छ । नवनिर्मित क्होइबो धीँको उद्घाटन पूर्व आज बिहीबारदेखि नै पूजापाठ सञ्चालन गरिएको कार्यक्रम संयोजक नारायण थिम्जे तमूले जानकारी दिए । 

images
images

क्होइबो उद्घाटनको लागि पच्यु खेगीद्वारा छ्योपा त्हें (सृष्टि पूजा), क्ल्हेप्रीद्वारा पैल्हु त्हें (कूल पूजा), बोन लमद्वारा ह्योंखु त्हें (सह पूजा) सञ्चालन गरिएको उनले बताए । 

शुक्रबारको दिन भने बिहान १० बजेदेखि नै विविध सांस्कृतिक कार्यक्रमसहितको भव्य कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तमूले जानकारी दिए । कार्यक्रममा उपस्थित हुनका लागि विभिन्न समूहलाई मौलिक पोषाकसहित ब्यानर लिएर आउन आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०८१ बिहिवार - २२:२३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology