आँबुखैरेनी, २१ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आज बुधबार सामाजिक सुरक्षा कोष योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका सबै श्रमीकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराई आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने उद्देश्यका साथ सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सामाजिक सुरक्षा कोष सहायक निर्देशक राधिका नीरौला ज्यूले सामाजिक सुरक्षा कोषबारे कानूनी आधारहरु र कोषबाट प्राप्त हुने सुविधाहरु सम्बन्धमा सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा, पालिकाका सामुदायिक/निजी शैक्षिक संस्थाका प्रमुख/प्र.अ., होटल व्यवसायी, पालिका मातहतका कार्यालयहरुमा कार्यरत करारका कर्मचारीहरु सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।