Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखियो 

उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखियो 

images

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखियो 
images

काठमाण्डौ, ११ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले काठमाडौं उपत्यकाका अस्पतालमा कामगर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको देखाएको छ । उपत्यकाका २० वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा गरिएको सेरोइपिडिमियोलोजी अध्ययनले अस्पतालमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा बढी ३६ प्रतिशत नर्सहरु कोरोना सङ्क्रमित भएको जनाएको छ । 
अध्ययनका अनुसार नर्सपछि प्रशासन तर्फका २२ प्रतिशत कर्मचारी सङ्क्रमित पाइएको थियो । त्यसैगरी १८ प्रतिशत चिकित्सक, ७ प्रतिशत प्रयोगशाला र औषधि पसलमा काम गर्ने फर्मासिस्टलाई सङ्क्रमण देखिएको थियो । त्यसैगरी १७ प्रतिशत अन्य कर्मचारीमा कोभिड–१९ पुष्टि भएको थियो । काठमाडौं उपत्यकामा कोभिड–१९ को सेरोइपिडिमियोलोजी अध्ययनका अनुसार उपत्यकाका अस्पतालहरुमा कामगर्ने स्वास्थ्यकर्मीहरुमा कोभिड–१९ को सङ्क्रमणको अवस्था अध्ययनको लागि गरिएको सर्वेक्षणमा त्यस्तो नतिजा देखिएको हो । 
अध्ययन अनुसार २० वटा अस्पतालमा ३२ प्रतिशत देखि ५६ प्रतिशतसम्ममा एन्टीबडीको संयोजित व्यापकता रहेको देखिएको छ । अनुसन्धानमा बीर अस्पताल, नेपाल आँखा अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल, निजामती कर्मचारी अस्पताल, भेनस अस्पताल, मेडिसिटी अस्पताल, अल्का अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, कान्तिवाल अस्पताल लगायतका कर्मचारी सहभागी थिए । उनीहरुमा कोभिड–१९ भएन भएको हेर्न एन्टीबडी व्यापकता जाँच गरिएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २०:०२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology