Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मलेशियन रिंगेट एकको ३१.२३ रुपैयाँ, अन्य मुद्राकाे मूल्य कति ?

मलेशियन रिंगेट एकको ३१.२३ रुपैयाँ, अन्य मुद्राकाे मूल्य कति ?

images

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
मलेशियन रिंगेट एकको ३१.२३ रुपैयाँ, अन्य मुद्राकाे मूल्य कति ?
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३८.८३ रुपैयाँ र बिक्रीदर १३९.४३ रुपैयाँ कायम भएको छ।

यस्तै, युरोको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.९० रुपैयाँ, बेलायती पाउन्डको खरिददर १७४.९५ रुपैयाँ र बिक्रीदर १७५.७१ रुपैयाँ रहेको छ। स्विस फ्र्याङको खरिददर १५३.९८ रुपैयाँ र बिक्रीदर १५४.६५ रुपैयाँ, अष्ट्रेलियन डलरको खरिददर ८८.२६ रुपैयाँ र बिक्रीदर ८८.६४ रुपैयाँ, क्यानाडियन डलरको खरिददर ९७.८९ रुपैयाँ र बिक्रीदर ९८.३१ रुपैयाँ निर्धारण गरिएको छ। सिंगापुर डलरको खरिददर १०३.४७ रुपैयाँ र बिक्रीदर १०३.९१ रुपैयाँ, जापानी येन (१० येन बराबर) को खरिददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१९ रुपैयाँ, चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१६ रुपैयाँ रहेको छ।

राष्ट्र बैंकका अनुसार साउदी रियालको खरिददर ३७.०२ रुपैयाँ र बिक्रीदर ३७.१८ रुपैयाँ, कतारी रियालको खरिददर ३८.०९ रुपैयाँ र बिक्रीदर ३८.२५ रुपैयाँ, थाई भाटको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, यूएई दिरहमको खरिददर ३७.८० रुपैयाँ र बिक्रीदर ३७.९६ रुपैयाँ कायम गरिएको छ।

मलेशियन रिंगेटको खरिददर ३१.२३ रुपैयाँ र बिक्रीदर ३१.३६ रुपैयाँ, दक्षिण कोरियन वोन (१०० वोन बराबर) को खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ निर्धारण गरिएको छ। स्विडिस क्रोनरको खरिददर १२.९६ रुपैयाँ र बिक्रीदर १३.०२ रुपैयाँ, डेनिस क्रोनरको खरिददर १९.४८ रुपैयाँ र बिक्रीदर १९.५६ रुपैयाँ, हङकङ डलरको खरिददर १७.८५ रुपैयाँ र बिक्रीदर १७.९३ रुपैयाँ रहेको छ।

मध्यपूर्वका प्रमुख मुद्राहरूमा कुवेती दिनारको खरिददर ४४९.८७ रुपैयाँ र बिक्रीदर ४५१.८१ रुपैयाँ, बहरैनी दिनारको खरिददर ३६८.३८ रुपैयाँ र बिक्रीदर ३६९.९७ रुपैयाँ, तथा ओमानी रियालको खरिददर ३६०.५९ रुपैयाँ र बिक्रीदर ३६२.१५ रुपैयाँ कायम भएको छ।

राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - ०७:२६:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology