Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूत हानानबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूत हानानबीच शिष्टाचार भेटवार्ता

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
सञ्चारमन्त्री गुरुङ र इजरायली राजदूत हानानबीच शिष्टाचार भेटवार्ता
images

काठमाडौं, १० फागुन । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग नेपालका लागि इजरायली राजदुत हानान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री गुरुङ र राजदूत गोडरबीच दुई देशबीचको आपसी हितका विविध विषयमा केन्द्रित रहेर भेटवार्ता भएको हो ।

भेटमा मन्त्री गुरुङले इजरायलले सेटलाईट प्रविधिको क्षेत्रमा गरेको प्रगतिबारे जानकारी लिएका थिए । उनले नेपालले सूचना प्रविधिको क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा मित्र राष्ट्रहरुले आर्जन गरेको ज्ञान, सीप, अनुुभव उपयोगी हुने विश्वास व्यक्त गरेका थिए भने राजदूत गोडरले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि इजरायलको सेटलाईट प्रविधि सहज हुने उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारलाई सहयोग गर्न तत्पर रहेको बताए ।

“सूचना प्रविधिको क्षेत्रको विकासका लागि नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कामलाई प्राथमिकताका साथ अघि बढाएको छ” राजदूत गोडरीसँगको भेटमा मन्त्री गुरुङले भने, “त्यसका लागि अन्य देशहरुले सूचना र प्रविधिको क्षेत्रमा गरेको विकास नेपालको लागि अति उपयोगी हुनेछ ।”

उनले नेपालले ‘समृद्ध नेपालः सुुःखी नेपाली’को राष्ट्रिय संकल्प पूरा हुने गरी सूचनाप्रविधि क्षेत्रको विकासका लागि पूूर्वाधार निर्माणमा जोड दिएको पनि बताए ।

त्यस अवसरमा मन्त्री गुरुङले नेपालीहरुलाई रोजगारीको अवसर दिएको तथा नेपालको कृषि क्षेत्रको विकासका लागि इजरायलले गरेको सहयोगप्रति आभार व्यक्त गरे भने राजदूूत गोडरले नेपालको कृषि, पर्यटन तथा सेटलाईट प्रविधिको क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - २०:३०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology