Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बेनिघाटमा ‘शिक्षाका लागि भिक्षा अभियान’ : महायज्ञबाट पाँच करोड ८५ लाख रुपैयाँ संकलन

बेनिघाटमा ‘शिक्षाका लागि भिक्षा अभियान’ : महायज्ञबाट पाँच करोड ८५ लाख रुपैयाँ संकलन

images

इच्छाकामना न्युज

४, फाल्गुण २०८१
बेनिघाटमा ‘शिक्षाका लागि  भिक्षा अभियान’ :  महायज्ञबाट पाँच करोड ८५ लाख रुपैयाँ संकलन
images

धादिङ ।  धादिङको बेनिघाट रोराङ गाउँपालिकाद्वारा आयोजित शिक्षाको लागि भिक्षा अभियान अन्तर्गत  सञ्चालित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञबाट पाँच करोड ८५ लाख  सात हजार ५०८  रुपैयाँ संकलन भएको छ ।  कुल रकम मध्ये  नगद  एक करोड २४ लाख ४७ हजार १६७, चेकमार्फत  दुई  करोड ४६ लाख २४ हजार १७ रुपैयाँ, क्यूआर मार्फत नौ  लाख २२ हजार ८४२ रुपैयाँ र  एक करोड लाख  पाँच लाख ६४  हजार ६१२ रुपैयाँ  कबुल गरिएका  रकम हुन् । साथै कलशबाट १४ लाख  ८१ हजार ३७०  रुपैयाँ र  दानपेटिका मार्फत  एक लाख ६९ हजार ५,०० रुपैयाँ संकलन भएका  छन् । 
 संकलित रकम मध्ये  महायज्ञ सञ्चालनका लागि ८१ लाख ५९ हजार ६९५ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ। 
आज एक कार्यक्रमकाबिच आम्दानी खर्च सार्वजनिक गरिएको हो ।  गरिबीका कारण विद्यालय जानबाट बञ्चित, असाह्य र अभिभावकबिहिन बालबालिकाहरुको शिक्षाका लागि  आवासिय विद्यालय सञ्चालनमा सहयोग पु¥याउने उदेश्यले कोष सञ्चालनका लागि महाज्ञ आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले  बताउनुभयो ।  
महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण बेनीघाट रोराङबासी, छिमेकी जिल्लाबासी देशविदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दानबिरहरु,जनप्रतिनिधि कर्मचारी लगायतलाई धन्यावाद दिनुभयो । 
बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा भागवत वाचिका राधिका दासीको मुखारविन्दु बाट वडा नं.७ स्थित चराँैदीमा माघ १७ गतेदेखि २३ सम्म श्रीमद भागवत सप्ताह ज्ञान  महायज्ञ सञ्चालन भएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - ०९:५६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology