Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

बारपाक सुलिकोट गाउँपालिकामा व्यवसायिक ओखर खेती सुरु

बारपाक सुलिकोट गाउँपालिकामा व्यवसायिक ओखर खेती सुरु

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
बारपाक सुलिकोट गाउँपालिकामा व्यवसायिक ओखर खेती सुरु
images

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा व्यवसायिक ओखर खेती सुरु गरिएको छ । पालिकाको वडा नं ३ र ४ अन्तरगत वर्षाँैदेखि बाँझो बसेको करिब पाँचसय रोपनी जमिनमा व्यवसायिक ओखरखेती सुरु गरिएको पालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए ।

images
images

‘कागतेखर्क क्षेत्रमा पहिला गोठ राख्ने चलन थियो, बिस्तारै त्यो चलन हराएपछि त्यस क्षेत्र बर्षौंदेखि बाँझो छ’, उनले भने । बाँझो जमिनको सदुपयोगसँगै कृषकहरुको आयआर्जन बृद्धि गर्ने उदेश्य सहित सो स्थानमा ओखर खेती सुरु गरिएको उनले बताए ।
प्रदेशको मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रम र गाउँपालिकाको संयुक्त साझेदारीमा ओखरखेती कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए ।

‘प्रदेशको ६० लाख र गाउँपालिकाको २० लाख गरी जम्मा ८० लाख बजेटमा कार्यक्रम सुरु गरिएको हो’, उनले भने, ‘कार्यक्रम अन्तरगत पालिकाको वडा नं ३ र ४ मा पर्ने कागतेखर्कमा धमाधम ओखरको बिरुवा सार्ने काम भईरहेको छ ।’ कागतेखर्कको झन्डै ३५ घरधुरीको संलग्नतामा २१ सय बोट ओखर रोप्ने काम भईरहेको उनले बताएका छन् । पालिकाले जुम्लाबाट ओखरको बिरुवा खरिद गरेर ल्याएको उनको भनाइ छ ।

व्यवसायिक ओखरखेती अन्तरगत ओखरको बिरुवा वितरण गर्नुका साथै मोल र सिँचाईको कार्यक्रम समेत रहेको पालिका अध्यक्ष भट्टले बताए । ‘एउटै बिरुवालाई झन्डै ८ सय रुपैँया पर्न जाने रहेछ, बिरुवा सार्न एक घनमिटर खाडल खन्नुपर्ने हुन्छ । त्यो पनि कार्यक्रम अन्तरगत नै भइरहेको छ’, उनले भने । हाल लगाइएको बिरुवाले चारदेखि पाँचवर्ष भित्रमा उत्पादन दिन सुरु गर्ने उनले जनाएका छन् ।

पालिकाले कृषि ज्ञान केन्द्रको सल्लाह अनुसार कागतेखर्क क्षेत्रमा व्यवसायिक ओखर खेतीको थालनी गरेको हो । जिल्लामा नै पहिलो पटक बारपाक सुलिकोट गाउँपालिकाले व्यवसायिक ओखर खेती सुरु गरेको पालिका अध्यक्ष विष्णु प्रसाद भट्टले दाबी गरेका छन् । पालिकाले कृषिबाट प्राविधिकको टोली बोलाएर माटो परिक्षण गरी विधिवत रुपमा ओखर खेती सुरु गरेको उनले बताएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - २१:२२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology