Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आहारारा पोखरा गोल्डकप : उपाधिका लागि पुलिस र उज्बेकी क्लब भिड्ने

आहारारा पोखरा गोल्डकप : उपाधिका लागि पुलिस र उज्बेकी क्लब भिड्ने

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
आहारारा पोखरा गोल्डकप : उपाधिका लागि पुलिस र उज्बेकी क्लब भिड्ने
images

१ फागुन, पोखरा । २४औं आहारारा पोखरा गोल्डकपको उपाधिका विभागीय क्लब नेपाल पुलिस क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

images
images

बिहीबार भएको दोस्रो सेमिफाइनलमा पाँच पटकको विजेता थ्रीस्टारलाई ४-० को फराकिलो अन्तरले हराउँदै ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।

यसअघि भएको पहिलो सेमिफाइनलमा मनाङसँगै सर्वाधिक ६ पटकको च्याम्पियन पुलिसले ए डिभिजन लिग विजेता चर्च ब्वाईजलाई १-० ले हराएर फाइनल पुगिसकेको छ ।

पुलिसले पहिलो खेलमा सहारा क्लब र क्‍वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गरेको थियो । सिधै क्‍वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई हराएको थियो ।

पुलिस ११औं पटक फाइनलमा पुगेको हो । ब्ल्याक बुल्स नेपालमा आएर खेलेको पटकपटकमै मोफसलको चर्चित फुटबलको फाइनल पुगेको हो । फाइनल खेल आउने शनिबार दिउँसो २:३० बजे हुनेछ ।

माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले १२ लाख १ हजार प्राप्त गर्नेछ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - १८:३२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology