Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने
images

गोरखा । गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने भएको छ । गोरखा जेसीजको आयोजनामा चैत्र १ गतेबाट प्रतियोगिता हुन लागेको हो । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा हुने प्रतियोगितामा जेसिज क्षेत्र ‘ख’ अन्तरगत रहेका क्लबहरु सहभागी हुन पाउने गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले बताए ।

images
images

‘क्षेत्र ख अन्तरगत १५ समूह छन्, त्यसमध्ये एउटा महिला समूह भएकाले १४ टिम सहभागी हुन्छन् भन्ने अपेक्षा हो,’ उनले भने, ‘जेसीज संस्थामा आवद्ध भएकाहरु मात्र खेलमा सहभागी हुन पाउछन् ।’ गोरखासहित तनहूँ, वाग्लुङ, लम्जुङ, कास्की, पर्वत, स्याङ्जा र चितवन जिल्लाबाट प्रतियोगितामा सहभागीता रहने उनले जानकारी गराए ।

नकआउट विधिबाट संचालन हुने उक्त प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार र दोस्रो हुनेले ३० हजार नगद पुरस्कार पाउने छन् । विभिन्न विधामा समेत नगद पुरस्कार राखिएको अध्यक्ष गुरुङले बताए । युवाहरुको क्षमता बृद्धिसँगै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिए । खेलको माध्यमबाट बिभिन्न जिल्लाका जेसीजबीचको सम्बन्ध थप सुमधुर हुने अपेक्षा समेत गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - ०९:४९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology