Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१५ हजार पर्यटकद्वारा झाँगाझोली अवलोकन

१५ हजार पर्यटकद्वारा झाँगाझोली अवलोकन

इच्छाकामना न्युज

१, फाल्गुण २०८१
१५ हजार पर्यटकद्वारा झाँगाझोली अवलोकन
images

तनहुँ । शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोलीमा हााल सम्म १५ हजार पर्यटकले अवलोकन गरेका छन् ।
संचालनमा आएको दुई बर्षको अवधिमा सो ठाउँ अध्ययन अवलोकन तथा घुम्नका लागि पर्यटहरु सो स्थानमा पुग्ने गरेका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा करिब १७ रोपनी क्षेत्रफलमा आकर्षक पर्यटकीय गन्तब्य निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

images
images

झाँगाझोलीमा बिेशष गरे ‘गौरादेवी नेचुरल हर्वल पार्क’ निर्माण पर्यटकोको आर्कषण रहेको छ । विशेष तरिकाले निर्मित हर्वल पार्कमा विभिन्न जातका जडीबुटी रहेका छन् । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघलगायत विभिन्न जातका पक्षी र जनावरहरुका मूर्ति राखिएका छन् । रुद्र कुण्ड, रुद्र घण्ट मठमन्दिर समेत रहेको ‘गौरादेवी नेचुरल हर्वल पार्क’ बाट पर्यटकलाई भरपूर मनोरन्जन लिन सक्नेछन् ।

सार्वजनिक बिदाका दिनमा पाँच सयभन्दा बढी आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका छन् ।
हाल पार्क अवलोकन स्वादिष्ट खाना र बास व्यवस्थापन सहितको व्यवस्था सञ्चालनमा ल्याइसकेको छ । झाँगाझोली एग्रो टुरिज्म प्रालिले सिन्धुली झाँगाझोली र तनहँ झाँगाझोलीबीचको सम्बन्धलाई सुमधुर गराउनुका साथै मुलुकमा कृषि र पर्यटनका लागि महत्वपूर्ण योगदान दिने योजना रहेको सञ्चालकहरु बताउँछन् ।
यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटकको भ्रमणमा आउने गर्दछन् ।  

विशेषतः सिन्धुली झाँगाझोलीमा रहेका दुम्जा कुशेश्वर महादेव, झाँगाझोली गुठ बजारस्थित गुठ बजार राम मन्दिर रातामाटास्थित गणेशथान मन्दिर, मूलकोटमा रहेको बालाकेश्वर मन्दिर, गैरी पुछारमा रहेको मुकुटेश्वरी मन्दिर, सिन्धुली झाँगाझोली हुँदै बग्ने सुनकोशी नदी, नाङ्गेडाँडा स्थित सिद्धाथान मन्दिर, सहस्रधारादेवी खाल्टे चैनपुरमा रहेको शीतलपाटी र ऐतिहासिक लप्से खोला कुवाको निर्माण हुँदै गएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - ०९:४५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology