Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुक्तिनाथ कृषि कम्पनीको नाफा १९७.९७ प्रतिशतले वृद्धि

मुक्तिनाथ कृषि कम्पनीको नाफा १९७.९७ प्रतिशतले वृद्धि

इच्छाकामना न्युज

३०, माघ २०८१
मुक्तिनाथ कृषि कम्पनीको नाफा १९७.९७ प्रतिशतले वृद्धि
images

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको नाफा १९७.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो वृद्धि देखिएको हो। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४९ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

images
images

 कम्पनीको सञ्चालन आम्दानी ९९.९८ प्रतिशत बढेर ३८ करोड ९२ लाख रुपैयाँ, कुल नाफा ३४.८८ प्रतिशत र कुल आम्दानी ३४.३९ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १८.७६ प्रतिशत बढेको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ४ रुपैयाँ १९ पैसा पुगेको छ। भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५७.५२ गुणा रहेको छ।

images
प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - ०८:२३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology