पोखरा । पोखरामा जारी २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुँदै छ ।
पहिलो सेमिफाइनलमा विभागीय क्लब नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । यो खेल पोखरा रगंशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।
पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हराउँदै सेमि फाइनलमा स्थान बनाएको होे । पुलिस क्लबले पहिलो खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराएको थियो ।
चर्च ब्वाइजले क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
प्रि–क्वाटरफाइनलमा भने एनआरटीलाई सडनडेथमा हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो ।
फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।