Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ब्ल्याक बुल्स आहा–राराको सेमिफाइनलमा

ब्ल्याक बुल्स आहा–राराको सेमिफाइनलमा

इच्छाकामना न्युज

२९, माघ २०८१
ब्ल्याक बुल्स आहा–राराको सेमिफाइनलमा
images

माछापुच्छ्रे (कास्की), माघ २९ गते । पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

images
images

पोखरा रङ्गशालामा मङ्गलबार भएको खेलमा ब्ल्याक बुल्सले थन्डर बोल्ट नर्थ युनाइटेड भारतलाई ३–० गोलले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । 

ब्ल्याक बुल्सको जितमा स्लोमजोन, दाभलाट्जोनभ, साट्टोरोभले एक/एक गोलको योगदान दिनुभयो । खेलको ३८औँ मिनेटमा साट्टोरोभले दिएको पासलाई स्लोमजोनले वान भर्सेस वानको अवस्थामा प्रहार गर्दा पोस्टमा छिरेको थियो । 

खेलको ७३औँ मिनेटमा साट्टोरोभको पासलाई दामलाट्जोनभले गोलमा परिणत गर्नुभयो । ७५औँ मिनेटमा दामलाट्जोनभले डिबक्समा मिलाइदिएको पासलाई साट्टोरोभले पोस्ट प्रहार गर्दा बलले जाली चुम्यो । ब्ल्याक बुल्सले फाइनल यात्राका लागि थ्रीस्टार क्लबसँग प्रतिष्पर्धा गर्नेछ । खेलमा ब्ल्याक बुल्सका एलिजोनभ म्यान अफ दि म्याच घोषित हुनुभयो । 

मङ्लबारको खेलमा नर्थ युनाइटेडले राम्रो मुभ निकाल्न सकेन । खेलको ८५औँ मिनेटमा करण राईले प्रहरा गरेको हेड बललाई विपक्षी किपर राजाबोभले बचाउनुभयो । नर्थ युनाइटेडका प्रशिक्षक सोनम भुटियाले खेलाडीबिच तालमेल नहुँदा गोल हुन नसकेको बताउँदै विपक्षी टोलीले राम्रो खेलको बताउनुभयो । 

ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले विपक्षी भन्दा आफ्ना खेलाडीले राम्रो खेलेको बताउँदै आगामी खेल पनि उत्कृष्ट बनाउने गरी रणनीति तय गर्ने बताउनुभयो । विदेशी टोली ब्ल्याक बुल्सको खेल यो संस्करणमा आहा रारामा सहभागी टिम मध्येकै राम्रो भएको दर्शकको प्रतिक्रिया थियो । 

बुधबार २५०औँ खेल

आहा-रारा पोखरा गोल्ड कपमा भोलि पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्चा ब्वाइज क्लबबिच हुनेछ । आहा राराको यो २५०औँ खेल हो । मोफसलमा आयोजना हुने प्रतियोगितामा २५० औँ खेल पुगेको यो पहिलो हो ।

नेपाल पुलिस क्लबले सहारा क्लब र बिग्रेड ब्वाइज क्लबलाई पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको हो भने चर्च ब्बाइजले एनआरटी र त्रिभुवन आर्मी क्लबलाई पराजित गरी सेमिमा पुगेको हो । 

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - २२:४५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology