Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बागमतीका वनमन्त्री सिलवालद्वारा सिन्धुलीको वन डिभिजनमा अनुगमन

बागमतीका वनमन्त्री सिलवालद्वारा सिन्धुलीको वन डिभिजनमा अनुगमन

images

इच्छाकामना न्युज

२९, माघ २०८१
बागमतीका वनमन्त्री सिलवालद्वारा सिन्धुलीको वन डिभिजनमा अनुगमन
images

सिन्धुली । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले डिभिजन वन कार्यालय सिन्धुलीमा अनुगमन गर्नुभएको छ । मन्त्री सिलवाल आज मंगलबार सिन्धुली आउनु भै मन्त्रालय मातहतको कार्यालय डिभिजन वन कार्यालय सिन्धुलीको अनुगमन गर्नुभएको हो ।


अनुगमनको क्रममा सिन्धुली आउनुभएको वनमन्त्री सिलवाललाई डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख डिभिजन वन अधिकृत रामकुमार भण्डारी लगायतको कर्मचारीहरुले स्वागत गर्नुभएको थियो भने उहाँले हालसम्म कार्यालयले गरेको प्रगति विवरणको बारे मन्त्री सिलवाललाई जानकारी गराउनुभएको थियो ।


मन्त्री सिलवालले कार्यालयको प्रगती विवरण बारे जानकारी लिदै वन कर्मचारीप्रति समुदायको हेर्ने दृष्टिकोण उति साह्रो राम्रो नभएकोले सधै इमान्दार भएर काम गरी समुदायको हेर्ने दृष्टिकोण बदल्न निर्देशन दिनुभयो ।
मन्त्री सिलवालको अनुगमन टोलीमा वन तथा वातावरण मन्त्रालय बागमतीका सचिव डा. केदार बराल लगायत रहनुभएको छ ।


यस्तै मन्त्री सिलवालले मंगलबार नै कमलामाई नगरपालिका ५ सिन्धुलीमा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समुहले संचालन गरेको सामुदायिक सःमिल तथा फर्निचर सप्लायर्स उद्योगको समेत अनुगमन तथा निरिक्षण गर्नुभएको थियो भने उक्त वन समूहका उपभोक्ताहरुले उद्योग संचालनमा आएको कठिनाई बारे अवगत गराएका थिए 

images
प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - १९:३६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology