Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रधानन्यायाधीश र प्रधानसेनापति बीच भेटघाट 

प्रधानन्यायाधीश र प्रधानसेनापति बीच भेटघाट 

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
प्रधानन्यायाधीश र प्रधानसेनापति बीच भेटघाट 
images

काठमाण्डौ, १० फागुन । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको हो ।  
प्रधान न्यायाधीश र प्रधान सेनापति बीच सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको छ ।  क्याभलरीको जग्गा सर्वोच्च अदालतको नाममा नामसारी गर्ने प्रक्रियाबारे छलफल भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।  अवहेलना मुद्दाको जवाफ दिन गएका बेला प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत परिसरको निरीक्षण गर्नुभएको थियो, र अदालतको परिसर साँघुरो भएको प्रतिक्रिया दिनुभएको थियो । 
त्यसैले सर्वोच्चले सेनाको क्याभलरीको जग्गा प्रक्रियागत रुपमा नै आफ्नो नाममा नामसारी गर्नका लागि पहल गरिरहेको थियो । यो बिषयमा छलफल भएको भनिए पनि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर हेर्दाहेर्दैमा रहेको बेला भएको प्रधान न्यायाधीश र प्रधान सेनापति बीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १८:४७:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology