Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

मकुना हात्ती मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवनमा

मकुना हात्ती मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवनमा

images

इच्छाकामना न्युज

२८, माघ २०८१
मकुना हात्ती मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवनमा
images

चितवन,माघ २८ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन आएको छ । घटनाको छानबिन गर्न वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वको टोली चितवन आएर सरोकारवाला पक्षसँग छलफल थालेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर घटनाको अनुसन्धान थालिएको छानबिन समितिका संयोजक डा.पौडेलले जानकारी दिए । सो समितिले आज विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसँग छलफल गरेको छ । आज नै सो समितिले निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, निकुञ्जका अधिकारी तथा नेपाली सेनासँग छलफल गर्ने समिति संयोजक डा.पौडेलले जानकारी दिए ।

गत शुक्रबार बनेको छानबिन समिति चितवनमा दुई दिनसम्म रहनेछ । भोलि पूर्वी सेक्टर सौराहासहित घटनास्थल कुमरोज सामुदायिक वन क्षेत्रमा जाने योजना समितिको रहेको डा.पौडेलले जानकारी दिए । सौराहाका होटल तथा पर्यटन व्यवसायीसँग पनि बसेर निजी हात्तीको व्यवस्थापनबारे छलफल गर्ने योजना समितिको छ ।
चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर माघ २३ गते भाले जंगली हात्ती मकुनालाई गोली हानेर मारेको थियो । निकुञ्जको कोर क्षेत्रमा धपाउन गएको टोली माथि जंगली हात्ती मकुनाले आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको दावी गरेको छ ।

सहसचिव डा पौडेलको नेतृत्वमा बनेको ५ सदस्यीय छानबिन समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा. दिनेश शाह रहेका छन् ।

गत साउनदेखि सौराहा क्षेत्रमा देखिन थालेको मकुनाले मानवीय क्षति भने गरेको थिएन । तर, सौराहाका व्यवसायीले पालेका पोथी हात्ती खोज्दै मकुना प्रायः जसो सौराहा क्षेत्रमा आउने गरेको थियो । घाँटीमा गोली हानेर सेनाले हात्ती मारेको घटनाको संरक्षणकर्मीहरुले विरोध गरेका छन् । जंगली भाले हात्ती मार्ने कामले सौराहाको हात्ती प्रजनन् केन्द्रलाई समेत असर गर्ने उनीहरुको तर्क छ ।

 
 

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - २०:४४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology