Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने

इच्छाकामना न्युज

२८, माघ २०८१
गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक  बिदा दिने
images

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले फागुन १ गत्ते  ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाको घोषणा गरेको हो। २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले शसस्त्र युद्धको घोषणा गरेको थियो। गाउँ कार्यपालिकाको माघ ८ गतेको निर्णयानुसार बिदा घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले इच्छाकामना न्युजलाई बताए । 

images
images

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन १ गते देखि संचालित सशस्त्र युद्धको स्मरण र महान शहिदहरुप्रति उच्च सम्मान गर्दै फागुन १ गते सशस्त्र युद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको गण्डकी गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। पालिकाका प्रशासकीय अधिकृत किरणबाबु कट्टेलद्वारा जारी सूचनामा फागुन १ गते गण्डकी गाउँपालिका र त्यस अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जनाइएको छ ।

gandaki_janayoidha_bida.webp

images
प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - ११:५९:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology