Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

पर्यटन भित्र्याउँदै घान्द्रुकवासी

पर्यटन भित्र्याउँदै घान्द्रुकवासी

images

इच्छाकामना न्युज

२७, माघ २०८१
पर्यटन भित्र्याउँदै घान्द्रुकवासी
images

कास्की, माघ २७ गते ।  गुरुङ संस्कृति र सुन्दरताको खानी भनेर घान्द्रुकगाउँलाई चिन्ने गरिन्छ । कास्कीको अन्नपूर्ण  गाउँपालिकामा पर्ने घान्द्रुक ढुङ्गैढुङ्गा बिछ्याएर परम्परागत रूपमा बनेको छ । ढुङ्गाले छाएका घर घान्द्रुकवासीको परम्परागत पहिचान हो । ढुङ्गा छापेर बनाइएका बाटो र सिँढीले यहाँको शोभा बढाएको छ । घान्दु्रक स्वदेशीसँगै धेरै विदेशी पर्यटकका लागि घुम्ने र रमाइलो गर्ने मुख्य केन्द्र बन्दै गएको छ ।

पछिल्लो समय यहाँ आन्तरिकदेखि बाह्य पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न मेला महोत्सव पनि हुने गरेका छन् । ‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नारासहित घान्दु्रक पर्यटन व्यवस्थापन समितिले हरेक वर्ष जस्तो मेला महोत्सव आयोजना गर्ने गरेको छ । यो पटक पनि सोही नारासहित फागुन ७ देखि १० गतेसम्म ‘घान्द्रुक पर्यटन महोत्सव २०८१’ हुने भएको छ । सो महोत्सवमा विभिन्न समुदायमा प्रचलित सांस्कृतिक र खेलकुदका कार्यक्रम समावेश गरिने महोत्सव संयोजक अमृत गुरुङले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुन थालेपछि पर्यटकीय गतिविधिलाई व्यवस्थित बनाउन लागिपरेको उहाँको भनाइ छ । 

पर्यटनका लागि यो उपयुक्त समय नभए पनि घान्द्रुक घुम्न आउने क्रम नरोकिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले दैनिक रूपमा पाँच सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । असोज, मङ्सिर महिनामा दैनिक दुई हजारको सङ्ख्यामा पर्यटक आउने गर्थे ।” उहाँका अनुसार यहाँ दुई हजार दुई जना राख्न सक्ने क्षमताका होटेल र होमस्टे रहेका छन् । अहिले यहाँ ३० होटेल र ६० होमस्टे सञ्चालनमा छन् । महोत्सवको समयमा फागुन ५ देखि ११ गतेसम्म घान्द्रुक जानका लागि बाटो खुला गरिएको उहाँले बताउनुभयो ।

घान्दु्रकबाट माछापुच्छ«े, हिमचुली, अन्नपूर्ण हिमाल अवलोकन गर्नसमेत पाइन्छ । नजिकै हिमालको काखमा बसेको अनुभव गराउने घान्दु्रक आफैँमा लोभ लाग्दो छ । 

images
प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १२:०५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology