Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

शुक्रबार पनि बढ्यो अमेरिकी डलरको भाउ, अब कुन मुद्रालाई कति रुपैयाँ पर्ला ?

शुक्रबार पनि बढ्यो अमेरिकी डलरको भाउ, अब कुन मुद्रालाई कति रुपैयाँ पर्ला ?

images

इच्छाकामना न्युज

२५, माघ २०८१
शुक्रबार पनि बढ्यो अमेरिकी डलरको भाउ, अब कुन मुद्रालाई कति रुपैयाँ पर्ला ?
images

काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार शुक्रबार पनि अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८३  पैसा र बिक्रीदर १४० रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
 
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
 
जापानी येन १० को खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १४ पैसा र बिक्रीदर ४ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्री दर ३१ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ ।
 
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

images
प्रकाशित मिति :माघ २५, २०८१ शुक्रवार - ०८:२९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology