Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्दे गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद हुने

म्याग्दे गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद हुने

इच्छाकामना न्युज

२४, माघ २०८१
म्याग्दे गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद हुने
images

तनहुँ, माघ २४ गते । तनहुँको म्याग्दे गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद हुने भएको छ । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अध्यक्ष कप खेलकुदमा गण्डकी प्रदेश पालिका स्तरीय फुटबल, जिल्ला स्तरीय ब्याडमिन्टन, म्याग्दे गाउँपालिका वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने जानकारी दिनुभयो । 

images
images

उहाँका अनुसार ‘म्याग्देको पर्यटक विकासका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित खेलकुद फागुन ८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । फुटबल फागुन १३ देखि २२ गतेसम्म, ब्याडमिन्टन फागुन १६ र १७ गते र पुरुष तथा महिला भलिबल ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । 

फुटबलमा उत्कृष्ट खेलाडीलाई नगद १० हजार, विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, डिफेन्डर,गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई पनि जनही नगद ५ हजार प्रदान गरिने श्रेष्ठले बताउनुभयो । सेमिफाइनल पुग्ने २ टिमलाई पनि नगद १५-१५ हजार प्रदान गरिनेछ । महिला तथा पुरुगा भलिबलमा उत्कृष्ट खेलाडी, स्पाइकर, सर्भर, सेटर, ब्लकर,लिबरो, र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । पालिका स्तरीय फुटबलमा प्रदेश भित्रकै खेलाडी हुनुपर्ने प्रावधान राखिएको छ । 

फुटबलको विजेताले ३ लाख उपविजेताले १ लाख ५० हजार, महिला तथा पुरुष भलिबलका विजेता, उपविजेताले ५० र ३० हजार पाउनेछन् भने ब्याडमिन्टनमा प्रथम र द्वितीयलाई ५० हजार र ३० हजार प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो। खेलकुद सम्पन्न गर्न गाउँपालिकाले २० लाख बजेट विनियोजन गरेको शिक्षा शाखा प्रमुख विष्णु केसीले बताउनुभयो । 

खेलकुदले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिएको छ । 

images
प्रकाशित मिति :माघ २४, २०८१ बिहिवार - २१:२३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology