Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मौलाइरहेको छ बीवाईडी ठगी धन्दा

मौलाइरहेको छ बीवाईडी ठगी धन्दा

images

इच्छाकामना न्युज

२०, माघ २०८१
मौलाइरहेको छ बीवाईडी ठगी धन्दा
images

काठमाडौँ । चिनियाँ विद्युती गाडी कम्पनी बीवाईडीको ठगी धन्दा नेपालमा मौलाइरहेको छ । बीवाईडीले सरकारकी निकायलाई समेत हातमा लिएर ठगिरहेको हो ।

सरकारले विद्युतीय गाडीको क्षमता मापन गर्ने च्यासी डाइनोमोमिटर र मोटर डाइनोमोमिटर खरिद सम्बन्धमा ध्यान नदिँदा चिनियाँ गाडी बीवाईडीको ठगी धन्दा मौलाइरहेको छ ।

बीवाईडीको नेपालस्थित बिक्रेता साइमेक्स इन्कले बढी किलोवाटको ईभी गाडीलाई कम किलोवाट देखाएर धमाधम राजस्व छली गर्दै आइरहेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन गर्दै आइरहेको छ। तर, ती गाडीको वास्तविक क्षमता मापन गर्ने मेसिनहरू नहुँदा छानबिनमा समस्या पर्दै आइरहेको बताइन्छ। दुई महिनादेखि नै ईभी गाडीको क्षमता मापन गर्नुपर्ने मेसिन खरिद गर्नुपर्ने उच्च दबाब परिरहँदा समेत सरकारी निकायले बेवास्ता गर्दै आइरहेको हो।

केके बदमासी गर्यो बीवाईडीले ?

५६ लाख ९० हजारको बीवाईडी एटो थ्री मर्मतमा ५० लाख ५८ हजार खर्च

बीवाईडी ई–सिक्स आयातमा कर छलेको पुष्टि

बीवाईडी बिक्रेता साइमेक्सले २२ लाखमा किनेर २८ नाफा खाएर बेच्छ 

हुँदै नभएको खर्च देखाएर बीवाईडी ई सिक्सको मूल्य निर्धारण

यसअघिको पुष्पकमल दाहाल नेतृत्वको सरकार र विभागीय मन्त्री तथा सचिवहरूले मेसिन किन्ने विषयलाई बेवास्ता गरेका थिए। तर, हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार, यस सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मालगायतले पनि सो मेसिन किन्ने विषयलाई प्राथमिकतामा राख्न नसकेको बताइएको छ ।

मेसिन किन्ने मुख्य जिम्मेवारीमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि यस विषयलाई प्राथमिकतामा राखेर मेसिन किन्न आवश्यक पहल गर्नुपर्नेमा सरोकारवालाको जोड छ ।

ईभी गाडीको क्षमता मापन गर्ने मेसिन आवश्यक भएनभएको निक्र्यौल गरी आवश्यक भएको देखिएमा खरिद प्रक्रिया अगाडि बढाउने जिम्मेवारी यातायात व्यवस्था विभागको भएकाले विभागबाट प्रस्ताव आएमा मन्त्रालयले सहजीकरण गर्ने बताइन्छ । तर यो काम किन अघि बढेको छैन भन्ने प्रश्न गम्भीर छ ।

अर्थमन्त्रालयले पनि राजस्वसँग जोडिएको यस विषयलाई किन चासो दिएन अर्काे प्रश्न छ ।प्राविधिकहरूका अनुसार ईभीको चक्कामा के कति पावर आएको छ भनेर नाप्न च्यासी डाइनोमोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनोमोमिटर प्रयोग गरिन्छ । नेपालमा यी दुवै उपकरणहरू नहुँदा ईभी गाडीका आयातकर्ताले गाडीको क्षमताका बारेमा जस्तो कागजात पेस गर्छन् त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था रहेको छ । जसका कारण पनि अर्बौं राजस्व ठगी भइरहेको बताइएको छ।

विदेशमा भने सरकारी निकायले नै यस्ता गाडीको क्षमता नापेर सोहीअनुसार राजस्व लिने गरेको प्राविधिकहरूको भनाइ छ। ती मेसिनको मूल्य झन्डै ५ करोड पर्छ। सरकारले ५ करोडको मेसिन किन्न नसक्दा ईभी गाडीबाट लिनुपर्ने झन्डै ५ अर्ब बराबरको राजस्व गुमेको स्रोतको दाबी छ। अहिले पनि उनीहरूकै कागजपत्रको भर पर्नुपरिरहेकाले ठगी भएको छैन भनेर कसरी विश्वस्त हुन सकिन्छ र ? त्यसैले तत्काल मेसिन किन्नुको विकल्प नरहेको सरोकारवालाको भनाइ छ ।

राजस्व अनुसन्धान विभागले यस सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समेत आवश्यक समन्वय गरी ईभी गाडीको क्षमता मापन सम्बन्धमा आवश्यक उपाय निकाल्नुपर्नेमा त्यस सम्बन्धमा कुनै गृहकार्य नभएको बुझिएको छ । साथै यस सम्बन्धमा सरकारका सरोकारवाला निकायको रूपमा रहेका राजस्व अनुसन्धान विभाग, भन्सार विभाग र यातायात व्यवस्था विभागबीचमा समेत कुनै समन्वय हुन सकेको छैन । सम्बन्धित सरकारी निकायहरूले मेसिन किन्न पूर्ण रूपमा बेवास्ता गर्नुले बीवाईडी गाडी आयातकर्ता साइमेक्स इंकसँग साँठगाँठ भएको त होइन भन्ने प्रश्नसमेत सिर्जना हुन थालेको छ।

हाल नेपालको जम्मा गाडी बिक्रीमा ईभी गाडीको बिक्री ७० प्रतिशत छ । यति धेरै मात्रामा ईभी गाडी बिक्री हुँदा पनि ती गाडीको परीक्षण गर्ने ५ करोडको मेसिन किन्न नसक्नुले सरकार ईभी गाडी आयातकर्ताबाट प्रभावित भएको हुन सक्ने आशंकालाई थप बल पुगेको छ।

यसअघि बजेटको समयमा सूचना चुहिँदा बजेट अघिमात्रै २५ सय ईभी गाडी रातारात नेपाल भित्रिएका थिए। यसले सरकारी अधिकारीहरूसँग ती व्यापारीको मिलेमतो भएको पुष्टि भएको थियो। यातायात व्यवस्था विभागअन्तर्गत रहेको सवारी परीक्षण कार्यालयलका एक अधिकृतका अनुसार दुई वर्ष अघिसम्म १ सय ५० किलोवाटकै गाडी आयात गर्ने गरिएको थियो तर अहिले आएर १ सय किलोवाटको गाडी आयात गर्ने गरिएको कागजपत्र पेस हुने गरेको छ, जुन शंकास्पद छ ।

निर्माता कम्पनीको वेबसाइट तथा अन्तर्राष्ट्रिय बजारमा एउटा क्षमता हुने तर त्यही गाडी नेपाल भित्रिँदा फरक क्षमता देखिनुले आशंका जन्माएको यातायात व्यवस्था कार्यालयका प्राविधिकहरूको दाबी छ। बीवाईडीले किलोवाट घटाएर नेपालमा यस वर्ष करिब ३ हजार गाडी बिक्री गरेको हुन सक्ने अनुमान राजस्व अनुसन्धान विभागले गरेको छ। नेपालमा साइमेक्स इन्कका मुख्य सञ्चालकको रूपमा यमुना श्रेष्ठ र समिर श्रेष्ठ छन् ।

यस्तो छ ईभीमा लाग्ने कर प्रणाली जुन बीवाईडीले छलिरहेको छ

५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क लाग्दछ । यसैगरी, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको ईभीमा २० प्रतिशत भन्सार कर र १५ प्रतिशत अन्तशुल्क कर लाग्ने गर्दछ ।

१०१ किलोवाटको ईभीमा ३० प्रतिशत भन्सार कर र २० प्रतिशत अन्तशुल्क कर, २०१ देखि ३०० किलोवाटको ईभीमा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था छ भने ३०१ किलोवाटदेखि माथिको मोटर क्षमता भएको ईभीमा ८० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेको छ । विश्वखबरबाट

images
प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ०८:५०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology