Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

औषधिहरुको झुठा तथा भ्रमात्मक प्रचार गर्नेलाई कारबाही गरिने 

औषधिहरुको झुठा तथा भ्रमात्मक प्रचार गर्नेलाई कारबाही गरिने 

images

इच्छाकामना न्युज

९, फाल्गुण २०७७
औषधिहरुको झुठा तथा भ्रमात्मक प्रचार गर्नेलाई कारबाही गरिने 
images

काठमाण्डौ, ९ फागुन । औषधि व्यवस्था विभागले औषधिहरुको झुठा तथा भ्रमात्मक प्रचार गर्नेलाई कारबाही गर्ने भएको छ । विभागले सूचना जारी गर्दै फेसबुक लगायत विभिन्न सामाजीक सञ्जालहरुमा औषधिहरुको भ्रमात्मक प्रचार प्रसार गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।
विभागले औषधि ऐन, २०३५ दफा १९ बमोजिम औषधिको झुठा वा भ्रमात्मक प्रचार गर्न नहुने व्यवस्था भएकाले यदि त्यसो गरिएको पाइए कारबाही गरिने पनि बताएको छ । विभागको सूचनामा भ्रमात्मक प्रचार प्रसार गरी औषधिको मूल्यमा छुट लगायतका प्रलोभन देखाई बिक्रि वितरण कार्य भइरहेको तथा औषधिहरुको विज्ञापन समेत भइरहेको भन्ने उजुरी विभागमा परेकाले ती कार्य नगर्न÷नगराउन पनि भनिएको छ ।
साथै त्यस्तो गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०९:१८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology