Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजको मौसमः सामान्यतय सफा, केही ठाउँमा आशिंक बदली

आजको मौसमः सामान्यतय सफा, केही ठाउँमा आशिंक बदली

इच्छाकामना न्युज

९, फाल्गुण २०७७
आजको मौसमः सामान्यतय सफा, केही ठाउँमा आशिंक बदली
images

चितवन,९ फागुन । हाल नेपालको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको उपस्थिति छैन । हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरुको मौसम आंशिक रुपमा बदली भएको छ ।

images
images

देशका अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी प्रदेशहरूको मौसम मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिक बदली हुने सम्भावना छ । देशका बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०९:१६:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology