Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतबाट थप १० लाख खोपको डोज आज नेपाल आउँदै

भारतबाट थप १० लाख खोपको डोज आज नेपाल आउँदै

images

सिआईएन

९, फाल्गुण २०७७
भारतबाट थप १० लाख खोपको डोज आज नेपाल आउँदै
images

काठमाण्डौ, ९ फागुन । सरकारले भारतसँग गरेको सम्झौता अनुसार आज थप १० लाख डोज कोरोना विरुद्धको खोप नेपाल आउँदैछ ।सरकारले भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिशिल्ड खोपको २० लाख डोज खरिदका लागि गरेको सम्झौता अनुसार आज १० लाख खोपको डोज नेपाल आउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले फागुन ५ गते सरकारले भारतको सिरम इन्स्टिच्यूटसँग २० लाख खोपको डोज खरिद गर्ने गरेको सम्झौता अनुसार आज १० लाख खोपको डोज नेपाल आइपुग्ने सीआईएनसँग बताउनुभयो । उहाँले आज दिउँसो साढे १ बजे भारतको राजधानी दिल्लीबाट एयर इन्डियाको विमानमा खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो । 
सह प्रवक्ता डा. अधिकारीले फागुन २३ गतेबाट सुरु हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यस्थापन केन्द्रमार्फत् जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने पनि जानकारी दिनुभयो । सम्झौता बमोजिम बाँकी खोप उत्पादकहरुसँगको आपसि सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने र आपूर्ती तालिका अनुसार नेपालले प्राप्त गर्ने उहाँले उल्लेख गर्नुभयो ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७७ आइतवार - ०९:१४:४६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology