Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी वितरक संघको आयोजनामा मैत्रिपूर्ण फुटबल तथा वनभोज कार्यक्रम सम्पन्न

आँबुखैरेनी वितरक संघको आयोजनामा मैत्रिपूर्ण फुटबल तथा वनभोज कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१८, माघ २०८१
आँबुखैरेनी वितरक संघको आयोजनामा मैत्रिपूर्ण फुटबल तथा वनभोज कार्यक्रम सम्पन्न
images
आँबुखैरेनी, १८ माघ । आँबुखैरेनी वितरक संघको आयोजनामा १२ औं संस्करणको मैत्रिपूर्ण फुटबल तथा वनभोज कार्यक्रम –२०८१ बिहीबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष राजन कट्टेलको सभापतित्व तथा नेपाल बितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्तको प्रमुख आतिथ्यतामा सो मैत्रिपूर्ण फुटबल तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
गोरखकाली रबर उद्योगको खेल मैदानमा अधिकृत विक्रेता र कम्पनी प्रतिनिधि बीच भएको मैत्रिपूर्ण फुटबलमा कम्पनी प्रतिनीधी बिजेता बनेको छ । मैत्रिपूर्ण फुटबल खेलमा कम्पनी प्रतिनीधीले अधिकृत बिक्रेतालाई ४–१ गोल अन्तरले पराजित गदै ट्रफी र मेडल हात पारेको छ ।
खेलमा कम्पनीका खेलाडी सन्देश कुँवर सर्वाधिक गोलकर्ता, अधिकृत बिक्रेताका रुपेश तामाङ्ग उत्कष्ट खेलाडी र कम्पनीका किपर विकाश गुरुङ्ग उत्कृष्ट गोल रक्षक घोषित भएका छन् ।
मैत्रिपूर्ण फुटबल तथा वनभोज कार्यक्रममा नेपाल बितरक महासंघका केन्द्रिय अध्यक्ष हरिराज पन्त, आँबुखैरेनी वितरक संघका अध्यक्ष राजन कट्टेल, नेपाल बितरक महासंघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, महासंघका कोषाध्यक्ष तेजिन्द्र पौडेल, महासंघका केन्द्रिय सदस्यहरु शिव खनाल, दिलिप श्रेष्ठ, रबि सापकोटा, गण्डकी प्रदेश महासचिव सुरेन्द्र कुमार श्रेष्ठ, सदस्य निरज श्रेष्ठ, आँबुखैरेनी बितरक संघका सल्लाहकार हरिभक्त श्रेष्ठ, मझुवा देउरालीका प्रहरी प्रमुख गौतम खत्री लगाएतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - २०:३६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology