Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

टाइगर ग्रुपलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा

टाइगर ग्रुपलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा

इच्छाकामना न्युज

१८, माघ २०८१
टाइगर ग्रुपलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा
images

लेखनाथ, माघ १८ गते । सशस्त्र प्रहरी बल एपिएफ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ । शुक्रबार बिहान पोखरा रङ्गशालामा भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनल पुगेको हो । 

images
images

पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफ फाइनल पुगेको हो । खेलको टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बन्नुभयो । 

आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटक न्यु डायमन्ड स्पोर्टस क्लबसँग खेल्नेछ । शुक्रबार दिउँसो पुरुषतर्फको पहिलो क्वालिफायर खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुँदैछ । 

आर्मी समूह चरणको शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर आइपुगेका हुन् । शुक्रबारको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब खेल्ने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनुभयो । 

एलिमिनेटरका विजेताले पुुलिस र आर्मीबिचको पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ । 

images
प्रकाशित मिति :माघ १८, २०८१ शुक्रवार - २०:३१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology