चितवन, माघ ११ । चितवनमा हुन लागेको राईजिङ्ग भरतपुर गोल्डकप–२०८१को ट्रफि सार्वजनिक भएको छ । चितवन ११ फुटबल क्लब भरतपुर–१३ले भोलिदेखि गर्न लागेको गोल्डकपको आज(शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि ट्रफि सार्वजनिक गरेको हो ।
गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापन्तिलाई दश हजार रुपैयाँ पुरस्कार राखिएको छ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।