Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रजातन्त्रको व्यावहारिक परिवर्तनको आभास गर्न नपाएको सर्वसाधारणको गुनासो

प्रजातन्त्रको व्यावहारिक परिवर्तनको आभास गर्न नपाएको सर्वसाधारणको गुनासो

images

इच्छाकामना न्युज

८, फाल्गुण २०७७
प्रजातन्त्रको व्यावहारिक परिवर्तनको आभास गर्न नपाएको सर्वसाधारणको गुनासो
images

काठमाण्डौ, ८ फागुन । नेपाल प्रजातन्त्र स्थापनाको ७० बर्षे अवधिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पुगे पनि नागरिकले व्यावहारिक परिवर्तनको आभास गर्न नपाएको बताएका छन् । देशमा प्रजातन्त्र हुँदै गणतन्त्र स्थापना भए पनि आफ्नै ठाउँमा रोजगारीका अवसरहरु प्राप्त नभएको डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नम्बर २ का राजेन्द्र ओझा बताउनुहुन्छ । २ वर्ष भारत र एक बर्ष कतार बसेर फर्कनुभएका ओझा रोजगारीको लागि फेरि भारत जाने तयारीमा हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हलियामुक्त घोषणा भएको पनि १२ वर्ष बितिसक्यो । फेरिएको व्यवस्थामा आफूहरुको दैनिकी भने परिवर्तन हुन नसकेको जिल्ला हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत सार्की बताउनुहुन्छ । देशभरका हलियाहरुको विवरण संकलन गर्नसमेत छुटेको उहाँको भनाइ छ । फेरिएको राजनीतिक व्यवस्थाले नागरिकलाई भन्दा नेतालाई फाइदा पुगेको नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर ५ का नारायण प्रसाद कँडेल बताउनुहुन्छ । तीन तहको सरकार भए पनि मल, बीउ र बजारको अभाब भैरहँदा किसानलाई सधै अप्ठेरो भइरहेको उहाँको भनाइ छ । 
प्रजातन्त्र स्थापनापछि आजसम्म ९ वटा राष्ट्रिय निर्वाचन र एक पटक जनमत सङ्ग्रह भए । संविधानसभाबाट संविधान बन्यो । २०७४ को स्थानीयतह निर्वाचनका बेला विजुली पुर्याउने आश्वासन दिएका जनप्रतिनिधिले काम सुरु नैं नगरेको खार्पुनाथ गाउँपालिका २ हुम्लाका लामा रावलको भनाइ छ । प्रजातन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै व्यवहारिक रुपमा उतार्न नसकेको भन्दै नागरिक तहबाट सरकारको आलोचना पनि हुने गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १०:४८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology